रनवे मै अड्कियो परिक्षणको लागि भैरहवा पुगेको वाईडबडी जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 07:06:39 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको नेपाल एयरलायन्सको वाइडबडी विमान विमानस्थलको रनवे मै अड्किएको छ । जहाज अवतरण भएपछि पार्किङमा जाने क्रममा मोड्ने ठाउँ नपुगेकोले जहाज अड्किएको हो । अहिले अड्किएको जहाजलाई तानेर निकाल्ने प्रयास भइरहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स्)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज आज साँझ करिब ६ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

जहाज काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved