‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 23, 2022 | 11:05:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जनवरीबाट सञ्चालनमा आउने भनिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले करोडौँ रुपैयाँ घोटला गरेको आरोप चर्चामा आएको छ । परामर्शदाता छनोटदेखि जग्गा अधिग्रहण गर्दा सम्म उनले राज्यमाथि भार थप्दै आफूले करोडौँ रुपैयाँ अनियमितता गरेर आर्जन गरेको दाबी स्रोतल गरेको छ ।

जब ठेक्कामा मूल्य सच्याईयो...

पोखरा अन्तष्ट्रिय विमानस्थल निर्माणको लागि परामर्श सेवामा उनले अनियमितता गरेका थिए भन्ने दाबी स्रोतले गरेको छ । अनेकौ चलखेल गरेर पोखरा अन्तष्ट्रिय विमानस्थल निर्माण आयोजनाको आयोजना प्रमुख बनेका अधिकारीले त्यतिबेला परामर्श सेवा छनोटमा गोप्य रुपमा आफू अनुकुलको कम्पनीको प्राइस सच्याएर मात्रै प्राइस बिड खोलेका थिए ।

‘उहाँले बिड खोल्ने मिति आउन २ दिन बाँकी हुँदै सबै गोप्य कागजात हेरेर आफूले भनेको कम्पनीले कबुल गरेको मूल्य सच्याएर उसैले ठेक्का पाउने प्रवन्ध मिलाउनु भएको थियो’ स्रोतले भन्यो, ‘यसमा करोडौँ रुपैयाँ आर्थिक चलखेल भएको थियो ।’

अधिकारीमाथि ‘पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर’ शीर्षकमा १६ करोड ५० लाख राखेर १९ करोड ५० लाख भने अन्य विभिन्न शीर्षकमा राखेर मोटो रकम हत्याएको आरोप छ ।

बाटो नपुगेको ठाउँमा बाटो खनेर जग्गाको मूल्यांकन

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ७ अर्ब बढीको जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहण गर्दा अधिकारीले आयोजना प्रमुखका रुपमा जग्गा ब्यापारीसँग मिलेर अस्वभाविक रुपमा जग्गाको मूल्यांकन गरी राज्यमाथि करोडौँ रुपैयाँ आर्थिक भार थप्ने काम गरेका थिए ।

यतिसम्म की, अधिकारीले जग्गा अधिग्रहणका बेला सडक बाटो नपुगेको ठाएँको जग्गामा समेत बाटो खनेर जग्गाको भाउ बढाएर अधिग्रहण गरेका थिए । त्यसमाथि, एकै चरणमा नभई पटक पटक गरी जग्गा अधिग्रहण हुँदा अचाक्ली भाउ बढाउन अधिकारीले नै मिलेमतोमा प्रोत्साहन गरिदिएका थिए भन्ने आरोप आज पनि लाग्दै आएको छ ।

आफ्नै मान्छेलाई ठेक्का दिन डाँडा काट्नुपर्ने बखेडा

पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्वतिर २ हेक्टर क्षेत्रफलमा फैलिएको रिठेपानी डाँडा कटान गर्ने तयारी क्यानले गरेको छ । तर, विमानस्थलको निर्माण सकिएको, अन्य पूर्वाधार पनि बनिसकेको, जग्गा अधिग्रहणको काम पनि सकिएको र टेस्ट फ्लाइटको मिति नजिकएकै अवस्थामा अहिले आएर फ्लाइट प्रोसिड्युर डिजाइनमा जहाज अवतरणका लागि डाँडै काट्नुपर्ने भन्ने कुराले सुरुमा गरिएको विमानस्थलको डिजाइनमा नै त्रुटी थियो भन्ने पुष्टि भएको दाबी गर्न थालिएको छ ।

‘त्यो डाँडा कटान नगरी जहाज अवतरण हुन सक्दैनन् भन्ने होइन’ स्रोतले भन्यो, ‘तर, इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ले काट्दा बेटर हुन्छ भनेको छ । त्यसैले प्रक्रिया अघि बढेको छ ।’

करिब ६ सय प्रजातिका बोटविरुवा भएको उक्त डाँडाको ४० मिटर उचाइ काट्न महानिर्देशक अधिकारीले आफ्नो मान्छेलाई ठेक्का दिने तयारी गरेको दाबी पनि स्रोतले गरेको छ ।

यतिसम्म की, अधिकारीले आफ्ना मान्छेको नाममा कटान हुने भनिएको डाँडा क्षेत्रमा जग्गा नै किनेको र अस्वभाविक रुपमा भाउ राखेर मुआब्जा हत्याउने दाउमा रहेको दाबी पनि स्रोतको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved