त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाए कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 09:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा नउडाउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा नउडाउन सार्वजनिक सूचना नै जारी गरेको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गरेको पाईएकोले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । यस्तो कार्यवाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुदाँ यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन कार्यालयले आग्रह गरेको हो ।

साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved