उडान रद्द भएका यात्रुको संवेदनशीलतामाथि मजाक गर्दै क्यानले निकाल्यो विज्ञप्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 02:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको दिल्ली उडान रद्द हुँदा यात्रु मारमा परेको विषयमा आफ्नो गल्ती नभएको दाबी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति निकालेको छ ।

आइतबार नेपाल एयरलाइन्सको काठमाडौँ–दिल्ली उडान रद्द हुँदा विमानस्थल पुगिसकेका यात्रु विचल्लीमा परेका थिए । प्राधिकरणले भने निगमलाई सो उडान रद्द भएको पूर्व जानकारी दिइएको तर निगमले आफ्ना यात्रुलाई यसबारे जानकारी नदिएको दाबी गरेको छ ।

निगमले आफ्नो उडान नभएको अवस्थामा यात्रुलाई विमानस्थल बोलाएर गैरकानुनी रुपमा बोर्डिङ पाससमेत उपलब्ध गराएको भन्दै प्राधिकरण आफ्नो गल्ती ढाकछोप गर्ने गरी विज्ञप्तिबाजीमा उत्रिएको हो ।

हेर्नुहोस् विज्ञप्ति - 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved