काठमाडौँ एयरपोर्टमा पार्किङ शुल्क बढ्यो, कुन सवारीको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 05:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सवारी साधनको पार्किङ शुल्क बढेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ एयरपोर्टमा सवारी साधनको पार्किङ शुल्क बढाएको हो ।

प्राधिकरणले मंसिर १ गते (आज बिहिबार) बाटै लागू हुने गरी सवारी साधनको पार्किङ शुल्क बढाएको हो । विमानस्थल सेवा शुल्क नियमावली अनुसार पार्किङ शुल्क बढाइएको प्राधिकरणले जनाएको छ । 

ठेक्का सम्झौता भएकाहरूसँग सम्झौता अवधि कायम रहुन्जले पुरानै दरमा पार्किङ शुल्क लिने र नयाँको हकमा भने नयाँ शुल्क लाग्ने जनाइएको छ । 

बढाइएको शुल्कअनुसार अब मोटरसाइकल र स्कुटर पार्किङ गर्दा प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ । यसअघि मोटरसाइकल र स्कुटर पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ मात्रै शुल्क लाग्दै आएको थियो । 

त्यस्तै कार र जीप पार्किङ गर्दा प्रतिघण्टा ८० रुपैयाँ लाग्नेछ । यसअघि २० रूपैयाँ मात्रै लाग्दै आएको थियो । 

मोटरसाइकल र स्कुटर एकदिन भरी नै पार्किङ गर्दा २४० रूपैयाँ लाग्नेछ । त्यस्तै, कार, जीप र टेम्पो एकदिन भरी पार्किङ गर्दा प्रतिदिन ४८० रूपैयाँ लाग्नेछ । 

हल्का सवारी साधन (मिनी बस, माइक्रो बास)को पार्किङ शुल्क प्रतिघण्टा १ सय रुपैयाँ र प्रतिदिन ६ सय रूपैयाँ तोकिएको छ । गह्रौ सवारी साधन (बस ट्रक) पार्किङ गर्दा प्रतिघण्टा १५० रुपैयाँ र दिनभरी पार्किङ गर्दा प्रतिदिन ९ सय रूपैयाँ लाग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved