मुसलधारे पानी परेपछि काठमाडौँ आउँदै गरेका ३ वटा जहाज होल्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 05:57:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारी वर्षाका कारण हवाइ उडान प्रभावित भएको छ । भारतबाट काठमाडौँ आउँदै गरेका २ वटा र कतारबाट आउँदै गरेको एउटा जहाज होल्ड भएका छन् । 

दिल्लीबाट काठमाडौँ आउँदै गरेको भिस्तारा एयरलाइन्स, दिल्लीबाटै आउँदै गरेको नेपाल एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाज होल्ड भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडान पनि प्रभावित भएको छ । काठमाडौँ बाहिरबाट काठमाडौँ आउने आन्तरिक उडानका जहाजलाई पनि डाइभर्ट गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved