
 2mb (1).gif)
बुधबार बिहान काठमाडौँबाट भारतको राजधानी नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजमा एकाएक समस्या देखिएको छ । बुधबार बिहान ११ः२५ बजे नेपाल एयरलाइन्सको न्यारोबडी जहाज १४९ जना यात्रु लिएर दिल्लीतर्फ उड्न टेक अफ लिनै लाग्दा जहाजको ब्रेकमा समस्या देखिएपछि उडान रोकिएको हो ।
बिहान उडान रोकिएको उक्त जहाज ३ बजेको समयमा मात्रै दिल्ली उडेको छ ।
यस विषयमा नागरिक उड्डयन प्राधिकरणले जहाजको जाँच गर्ने प्राविधिक टोलीले लापरवाही गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।
बिहान उठ्न ठिक्क परेको जहाजमा समस्या आएपछि नेपाल एयरलाइन्सको अर्को जहाजमा यात्रुलाई दिल्ली पठाइएको थियो ।