काठमाडौँ एयरपोर्टको फोहोर अब बाहिर नपठाइने, कसरी हुन्छ भित्रै व्यवस्थापन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 06:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रबाट निस्कने फोहोर अब बाहिर नपठाइने भएको छ । विमानस्थल भित्रबाट निस्कने फोहोर अब विमानस्थल भित्रै नष्ट गरिने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलको आन्तरिक ‘पार्किङ वे’ अगाडि फोहोर नष्ट गर्ने मेसिन राखिएको छ । विमानस्थलबाट निस्कने फोहोर व्यवस्थापनका लागि ‘इन्सिनरेटर’ मेशिन सञ्चालनमा ल्याइएको क्यानले जनाएको छ । 

क्यानका महानिर्देशक इ. प्रदीप अधिकारीले अन्तराष्ट्रिय विमानस्थलले आफूबाट निस्कने फोहोर आफैँ व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले सोही अनुसार फोहोर नष्ट गर्ने मेशिन जडान गरिएको बताएका छन् । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयरपोर्टबाट प्राकृतिक रुपमा निस्कने फोहोर, कागजात, काठजन्य बस्तु तथा पातपतिङ्गरहरु यो मेशिनले नष्ट गर्नेछ । 

‘प्लाष्टिक जलाउने कुरा भएन, अन्य बिग्रेका मेशिनरी सामानहरु पनि यसबाट व्यवस्थापन हुँदैन’ उनले भने, ‘कागजात, काठजन्य बस्तु र पातपतिङ्गरहरु यहीँ नष्ट हुन्छ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक औसतमा ४ ट्रक फोहोर निस्किन्छ । यो मध्ये कार्यालय र रेष्टुराँबाट उत्पत्ति हुने र धुलोजन्य फोहोर तथा कागज र काठजन्य बस्तुहरु बढी हुने गर्दछ । 

‘दुई वटा मेशिन जडान भएको डेढ वर्ष पहिल्यै हो, आजबाट टेष्ट अपरेशन (परीक्षण सञ्चालन) गरिएको हो’ एयरपोर्टका प्रवक्ता सिटौलाले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved