सोल्टी होटलमा भएको नेपाल एयरलाइन्सको सेयर बेच्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 03:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सुधारका लागि सुझाव दिन गठित समितिले प्रतिवेदनमाथि अर्को सुझाव प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले अर्को अध्ययन प्रतिवेदन बुझाएको हो । 

उक्त प्रतिवेदनमा नेपाल एयरलाइन्सको नाममा रहेको सोल्टी होटलको सेयर बेच्न सुझाव दिइएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाउँदै समितिले ४ वटा मुख्य सुझाव दिँदै सोल्टी होटलमा रहेको नेपाल एयरलाइन्सको सेयर बिक्रि गर्न सुझाएको हो ।

आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउन, सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउन, निगमलाई आर्थिक रुपले सबल बनाउन सोल्टी होटलको सेयर विक्री गर्न र निगमको व्यवसायिक कार्ययोजना बनाउन समितिले सुझाव दिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved