‘विदेशीलाई नेपालको एयरलाइन्स क्षेत्रमा ९० प्रतिशतसम्म लगानी खुला गर्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 04:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

वायु सेवा सञ्चालकले एयरलाइन्स उद्योगमा विदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बैशाखमा हुने लगानी सम्मेलनमार्फत नेपालको हवाई उड्डययन क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका हुन् । 

अन्तराष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीमा मात्रै नभई नेपालभित्र उडान गर्ने आन्तरिक वायु सेवामा समेत विदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष कार्कीको भनाइ छ । हालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले ४९ प्रतिशतभन्दा बढी विदेशी लगानी आउन नदिने भएकाले यो ऐन संशोधन गरेर एभियशन क्षेत्रमा बाह्य लगानी भित्र्याउनुपर्ने बताएका हुन् ।

‘यो निकै धेरै रेगुलेटेड सेक्टर हो, यसमा बाह्य लगानी आउँदा नेपाललाई घाटा होइन, फाइदा नै हुन्छ’ उनले भने, ‘तर अहिलेको फिटा ऐनले ४९ प्रतिशतभन्दा दिँदैन । कोही विदेशी आउँछ र नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनी खोल्छु भन्छ भने उसको ९० प्रतिशत र नेपालीको १० प्रतिशत लागत रहने व्यवस्था गर्दा हुन्छ ।’

अध्यक्ष कार्कीले अहिले नेपालका आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरु अधिकांश घाटामा रहेको भन्दै आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीमा विदेशी लगानीकर्तालाई ८० प्रतिशतसम्म लगानी गर्न दिँदा कुनै असर नपर्ने बताए ।

‘आन्तरिकको हकमा ८०–२० गरे हुन्छ’ उनले भने, ‘लगानी सम्मेलनमा हाम्रो अपेक्षा पनि यहीँ छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved