बुद्ध एयरद्वारा ३ लाख राशिको ‘स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 04:38:35 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले ‘स्व. सुरेन्द्रबहादुर बस्नेत सम्मान पुरस्कार’बाट स्थापना गरेको छ । बुद्धले हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्याय क्षेत्रमा सुधार, अन्वेषण लगायतमा योगदान दिने व्यक्तिलाई यो पुरस्कारद्वारा सम्मानित गर्ने भएको हो ।

यससम्बन्धी सम्झौतामा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति सचिव अधिवक्ता श्यामकुमार खत्रीले हस्ताक्षर गरेका छन् । 

पुरस्कारका लागि बुद्ध एयरले २५ लाख रुपैयाँको अक्षय कोष बनाएको छ । यस रकमबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिने बुद्ध एयरले जनाएको छ । पहिलो वर्षका लागि थप ५ लाख रकम पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ। 

सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैंकमध्ये सबैभन्दा बढी ब्याज दिने बैंकको मुद्दती खातामा उक्त कोषको रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३ लाख रुपैयाँ पुरस्कार राशिमा खर्च हुनेछ ।

स्व. सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्ष हुन् । उनी सर्वोच्चका पूर्वन्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्षसमेत हुन् । उनले विभिन्न समय सरकारको मन्त्री तथा विभिन्न आयोग अध्यक्ष भएर देशलाई योगदान दिएका छन् । 

हाल बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाज छन् । दैनिक १५० बढी उडान भर्दै आएको बुद्ध एयरले साताको २ दिन भारतको बनारसमा पनि उडान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved