मन्थलीबाट लुक्ला उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 01:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थलीस्थित विमानस्थलबाट सोलुखुम्बुको लुक्ला उडान सुरु भएको छ । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक हवाइ उडान सुरु भएको हो ।

तारा, समिट र सीता एयरले रामेछाप–लुक्ला दैनिक उडान सुरु गरेका हुन् । 

पर्यटकीय मौसमको बेला काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले काठमाडौँ विमनस्थलमा ट्राफिक जाम नहोस् भनेर सगरमाथा क्षेत्रमा जाने पर्यटक लक्षित गरि मन्थलीबाट लुक्ला उडान सुरु भएको हो । ट्रेकिङ तथा पदयात्रा वा हिमाल आरोहणका लागि नेपाल आएका पर्यटकलाई कम्पनीहरुले मन्थलीसम्म गाडीमा लैजान्छन् भने त्यहाँबाट हवाइ मार्ग हुँदै लुक्ला पुर्याउँछन् । 

वर्षमा २ सिजन यो रुटमा हवाइ उडान हुँदै आएको छ । असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म उडान भएको थियो । अब जेठसम्म उडान हुनेछ । 

नागरिक उड्ययन कार्यालय रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाका अनुसार शुक्रबारबाटै रामेछाप–लुक्ला उडान सुरु भए पनि मौसमका कारण शनिबार उडान हुन सकेन । आइतबारबाट नियमित उडान सुरु भएको छ ।

मन्थली एयरपोर्टमा हवाई इन्धन डिपोको समेत व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved