श्री एयरलाइन्सले थप्यो २ वटा जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 05:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले २ वटा जहाज थप गरेको छ । श्री एयरलाइन्सलले आज ८० सिट क्षमताका २ जहाज ल्याइपुर्याएको हो । 

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ सिरिजका जहाज नेपाल ल्याएको हो । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । 

यी दूबै जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाजमार्फत चाँडै व्यावसायिक उडान थालिने कम्पनीले जनाएको छ । 

२ जहाज थपिएसँगै श्री एयरलाइन्ससँग १० जहाज भएका छन् । कम्पनीका हाल ८ हेलिकप्टर पनि सञ्चालनमा छन् । 

श्री एयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका २ सिआरजे २०० तथा ७० सिट क्षमताको २ आर जे ७०० जेट विमानबाट आन्तरिक उडान गर्दै आएको थियो । यसपछि  सन् २०१९ मा ८० सिट क्षमताका थप २ र सन् २०२२ मा थप २ जहाज भित्र्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved