दोहा उडेको नेपाल एयरलाईन्सको जहाजमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 11:54:58 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाईन्सको जहाजमा समस्या देखिएको छ । बिहीबार राति काठमाडौंबाट दोहा उडेको जहाज समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएको हो । जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको जनाइएको छ । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved