हिमालय एअरलाइन्सद्वारा शैक्षिक सामाग्री वितरण, 'स्टेप टुवार्डस एडुकेशन' अभियान जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 12:18:30 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एअरलाइन्स्ले 'स्टेप टुवार्डस एडुकेशन' अभियानलाई जारी राखेको छ। विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्ने उदेश्यले सन् २०१७ देखि सुरु अभियान संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम रहेको हिमालय एअरलाइन्स्ले जनाएको छ। 

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १०, २०२४ मा एअरलाइन्स्ले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको थियो। उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक 

शैक्षिक सामग्री हस्तान्तरण गरिन। 

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एअरलाइन्स्ले काठमाडौँको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । 

विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । हिमालयको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरिएको कम्पनीको भनाई छ। 

सो अवसरमा ब्रान्ड विभाग प्रमुख दलीले यस पहलको लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन, “हिमालय एअरलाइन्स्मा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ र हाम्रो 'स्टेप टुवार्डस एडुकेशन' अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो।“

उक्त अवसरमा प्रयास नेपालका अध्यक्ष मणि जोशीले प्रशंसाका शब्द राख्दै टिप्पणी गरे, “हाम्रो उद्देश्यमा निरन्तर सहयोगको लागि हामी हिमालय एअरलाइन्स् प्रति हार्दिक आभारी छौँ, उड्डयन संग्रहालयको भ्रमणले, निःसन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस किसिमका पहलहरूले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ नयाँ सम्भावनाहरूको ढोका समेत खोेलेको छ । ”

हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । 

हिमालय एअरलाइन्ससंग हाल  तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) गरि ४ वटा विमानहरू रहेका छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले  चीनका  बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा गरि पाँच शहरहरूमा उडान गर्दैछ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved