गुडविल फाइनान्स लिमिटेडले प्रदेश २ स्थित महोत्तरीको बर्दिबासमा आफ्नो १४ औं शाखा सन्चालनमा ल्याएको छ। फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधर र बर्दिबासका मेयर बिदुर कार्कीले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे।
यस शाखा सन्चालनसंगै गुडविल फाइनान्सले प्रदेश २ मा पनि आफ्नो उपस्तिथी जनाएको छ। हालसम्म पूर्वको पांचथरको फिदिमदेखि बाँकेको नेपालगंजसम्म सेवा प्रदान गरिरहेको गुडविलले यसै आर्थिक बर्षभित्र प्रदेश ७ को राजधानी धनगढी र नवलपुरमा पनि शाखा बिस्तार गरि सेवा बिस्तार गर्न लागेको फाइनान्सका सीईयो तुलाधारले बताए।
शाखा उद्घाटन अवसरमा बर्दिबास मेयर लगायत स्थानीय समाजसेवी, स्थानीय बासिन्दा लगायतको उपस्तिथी थियो।