शाइन रेशुङ्गा र पुर्णिमा विकास बैंकबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 11:10:19 AM मा प्रकाशित

laxmi sunrise bank

दुई ठुला बिकास बैंकले एकता प्रकृया थालेका छन। बुटवलबाट कारोबार सुरु गरेको शाइन रेशुन्गा डेभलपमेन्ट बैंक र भैरहवाबाट कारोबार थालेको पुर्णिमा विकास बैंकबीच मर्जर सम्बन्धमा समझदारी भएको हो। 

शाइन रेशुन्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पुर्णिमाका अध्यक्ष सुरज उप्रेतीले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन। सहमतिअनुसार मर्जर पश्चात बैंकको नाम भने ‘साइन रेसुङ्गा डेभलपमेन्ट बैंक' हुनेछ भने बैंकको केन्द्रिय कार्यालय बुटवलमा रहनेछ। दुवैबैंकबीचको स्वाप अनुपात खुलाइएको छैन। यद्दपी शाइन र पुर्णिमाबीच १००: ९० को स्वाप अनुपात कायम भएको अनुमान गरिएको छ।        

यसअवधिमा शाइनको चुक्तापुंजी १ अर्ब ६२ करोड २६ लाख छ भने पुर्णिमाको चुक्तापुंजी ५५ करोड १२ लाख छ। त्यस्तै शाइनले १६ अर्ब १० करोड निक्षेप संकलन गरि १४ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ भने पुर्णिमाले ३ अर्ब ३५ करोड निक्षेप संकलन गरि ३ अर्ब ४ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ। शाइनको ४० शाखा कार्यालय छ भने पुर्णिमाको १२ वटा शाखा छन। शाइन १० जिल्ले कार्यक्षेत्र भएको विकास बैंक हो भने पुर्णिमा ३ जिल्ले कार्यक्षेत्र भएको विकास बैंक हो।  

यसअघि शाइनले प्युठान कार्यक्षेत्र बनाई बैंकिङ गरिरहेको गौमुखी विकास बैंकलाई गाभेको थियो। त्यसैगरि रुपन्देहीमा स्थापित शाइन र गुल्मीमा स्थापित रेशुन्गा एक आपसमा गाभिएर शाइन रेशुन्गा बनेको थियो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved