१० दिनमै २२ अर्ब निक्षेप बाहिरियो, कर्जा प्रवाह भने बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 01:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानीको मात्रा बढ्न थालेको छ । अघिल्लो साता निक्षेप बढेपनि बैशाख महिनाको १० दिनको अवधिमा निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको हो । 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार बैशाख महिनाको दश दिनको अवधिमा बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले घट्दा कर्जा लगानी १० अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरु नयाँ कर्जा प्रवाहमा केन्द्रित भएको देखाएको छ । लकडाउन हुन सक्ने अनुमानमा ठूलो मात्राको निक्षेप बाहिरिएको हुन् सक्ने बताईएको छ । 

चैत मसान्त अर्थात चैत ३१ गतेसम्म बाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब निक्षेप संकलन गरि ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेकोमा बैशाख दश गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब २२ अर्ब निक्षेप संकलन गरी ३५ खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका छन्। बैशाख १ देखि १० गतेसम्म बैंकहरुले २२ अर्ब निक्षेप संकलन गरी १० अर्ब कर्जा लगानी गरेका छन् । 

चौथो त्रैमास सुरु हुन लाग्दा बैंकहरुले कर्जा प्रवाहलाई पनि बढाएका छन् । कोरोनाको लकडाउन मथ्थर भएर आर्थिक गतिबिधि बढेसँगै बैंकहरुले कर्जा प्रवाहका लागि घर जग्गा तथा गाडी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved