बैंकहरुले के कारणले बढाए ब्याज दर, सेयरबजारमा के पर्छ यसको असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 09:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले आफ्ना ग्राहकहरुलाई असारदेखि लागू हुनेगरि बचत तथा मुद्दतीको ब्याज बढेको जानकारी दिएका छन्। सबै बैंक वित्तीय सँस्थाहरुले ब्याज बढेको सूचना आफ्ना ग्राहकलाई पठाउन थालेपछि बजारमा अब ब्याज बढ्ने हो कि भन्ने चर्चा सुरु सुरु भएको छ।

ब्याज र सेयरबजारको सम्बन्ध सामान्यतया उल्टो हुने भएकाले बैंकिंङ क्षेत्रमा ब्याजको दर बढ्न थालेपछि अब सेयरबजार प्रभावित हुने हो कि भन्ने आशंका उब्जिएको छ। तर निश्चित उदेश्यले ब्याज बढाईएकाले छोटो अवधिको लागि मात्र बढेको ब्याज लागू हुने र त्यसपछि ब्याजको दर पुन घट्ने एक बैंकका उच्च अधिकारीले बिजपाटीलाई बताए। 

उनकाअनुसार असार १ देखि लागू हुनेगरि अहिले ब्याज बढाइनुका धेरै कारण रहेका छन्। जसमध्ये पहिलो कारण भनेको, बढी ब्याज लिएर आम्दानि बढाउने रणनीति रहेको उनको भनाई छ। 

उदाहरण पेश गर्दै ती बैंकर भन्छन्, "असारदेखि लागू हुने गरि बचत तथा मुद्दतीको ब्याज बढ्दा यसले बैंकहरुको ब्याजको लागत बढ्छ। लागत बढेपछि यसले ब्याजको आधारदर बढाउँछ र हिजोकै प्रिमियम मात्र लिंदा पनि अहिले जति प्रतिशतले आधारदर बढ्छ त्यहि बढेको दरले ब्याज बढ्दा बैंकहरुको आम्दानी बढ्छ। "

आर्थिक बर्षको अन्तिममा बैंकहरु निक्षेप संकलन तथा प्रवाह भएका कर्जा उठाउन तर्फ केन्द्रित हुने तर आर्थिक बर्षको सुरुवातदेखि नयाँ कर्जा प्रवाहमा आक्रामक हुने गर्दछन्। जसले गर्दा अहिले असारदेखि ब्याज बढाउँदा साउन भदौ र असोजमा कर्जाको ब्याज बढाउँन पाइने र त्यसले आम्दानी बढाउँन ठुलो टेवा पुग्ने भएकाले असार १ देखि लागू हुने गरि बचत र मुद्दतीको ब्याज बढाईएको ति बैंकरको भनाई छ।

आर्थिक बर्षको पहिलो त्रैमासमा बढेको ब्याज खान पाइने गरि अहिले बढाईएको ब्याजको दर भदौदेखि लागू हुने गरि साउनमा फेरी घटेको ब्याजको दर सार्वजनिक गर्ने ति बैंकरको दाबी छ।   

त्यस्तै मुद्दतीको ब्याजसँग बचतको सम्बन्ध भएकाले बचतको ब्याजदर बढाइको ति बैंकरको भनाई छ। बैंकले बचतमा दिने ब्याज र मुद्दतीमा दिने ब्याजको अन्तर ५ प्रतिशत भन्दा बढी हुने नहुने राष्ट्र बैकको प्रावधानका कारण पनि बचतमा ब्याज बढाईएको हो।    

बचतमा ब्याज बढाउँदा मुद्दतीको पनि ब्याज बढ्ने र यस्तो हुँदा भएको मुद्दती पनि बाहिर नजाने र नयाँ मुद्दती ल्याउन पनि सहज हुने भएकाले बैंकहरुले बचतको ब्याज बढाएका हुन्। 

ब्याजको बिषयमा बचत भन्दा मुद्दती खाता बढी सेन्सेटिभ हुने भएकाले बैंकहरुले सकेसम्म भएको मुद्दती निक्षेप बाहिर जान नदिने र बाहिरको मुद्दती तान्न पनि सहज हुने भएकाले बैंकहरुले तरलता व्यवस्थित गर्नका लागि पनि मुद्दतीलाई लक्षित गरि बचतको ब्याज बढाएको ति बैंकरको भनाई छ। 

बैंकिग प्रणालीमा कर्जा निक्षेप अनुपात औषतमा ७८ प्रतिशत रहेकाले पनि नयाँ निक्षेप तान्ने प्रतिस्पर्धामा अव्वल ठहरिनकै लागि बचत र मुद्दतीको ब्याज नबढाईएको ती बैंकरको दाबी छ। निश्चित उदेश्य पूर्तिका लागि ब्याज बढाईएकाले यसको अवधि पनि छोटो हुने ती बैंकरको भनाई छ।     

कर्जा निक्षेप अनुपात ८० प्रतिशत हुनुपर्ने भएपनि कोरोनाको विषम परिस्थितिमा यो दर ८५ प्रतिशत भएपनि मान्य हुने गरि राष्ट्र बैकले सुविधा दिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved