सिन्धु विकास बैंक घोटाला प्रकरणमा थप ३ पक्राउ, २४७ लाख पुग्यो बिगो रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 07:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकको निक्षेप हिनामिना प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। यस अगाडी सिन्धु विकास बैंकका दोलालघाट शाखा प्रमुख सुमन खरेल पक्राउ परेकोमा उनी सहित थप तीन जना पक्राउ परेका हुन्। 

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबिका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोकाअनुसार बैंकका शाखा प्रमुख खरेल सहित उनको पैसा लिएर चलाउने अरु तीन जना पक्राउ परेका हुन्। 

पक्राउ पर्ने मध्ये निरन्जन श्रेष्ठ, विमल पराजुली, र बिरेन्द्र खत्री रहेका छन्। यी तीन जनासँग मिलेर शाखा प्रमुख खरेलले बैंकको पैसा महँगो ब्याजमा लगाएको अनुसन्धानमा खुलेको छ।

हिरासतमा राखिएका उनीहरुमाथि हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको छ। बैंकिंङ कसुरको अभियोगमा यही कात्तिक ८ गते पक्राऊ परेका खरेललाई र पछि पक्राउ परेका तीन जनालाई पटक–पटक म्याद थप गर्दै अनुसन्धानको लागि हिरासतमा राखिएको हो। 

खरेलले शाखामा दैनिक रुपमा जम्मा हुने पैसा एनसीसी बैंकको सिन्धुपाल्चोकको बाह्रबीसे शाखामा नियमितरुपमा जम्मा गरेको देखाएर उक्त पैसा आफूखुसी प्रयोग गर्दै आएको अनुसन्धानमा भेटिएको हो।  सिन्धु विकास बैंकले उनीहरुले २ करोड ४७ लाख रुपैयाँ दुरुपयोग गरेको भन्दै त्यति बिगो रकम दाबि गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved