कामना सेवाको १७ औं शाखा रहित बैंकिङ्ग सेवा कपिलवस्तुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 07:52:58 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न.पा. वडा नं. ०१ को पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  बुद्धभुमी न.पा. वडा नं. ०१ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानेको छ ।

वडा नं. ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा सुरु गरेका हुन्।  

बैंकका अनुसार शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved