लघुवित्तले डिबेन्चर जारी गर्न पाउने, अब बैंकबाट सस्तो ब्याजमा कर्जा लिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 04:37:04 PM मा प्रकाशित

laxmi bank

लघुवित्त संस्थाहरुले अब डिबेन्चर जारी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत लघुवित्तहरुलाई उनीहरुको पूंजीकोष बराबरको डिबेन्चर जारी गर्न पाउने व्यवस्था गरेको हो। 

त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुले अब बैंकहरुबाट आधारदरमा २ प्रतिशत थप गरेर कर्जा तथा सापटी लिन पाउनेछन। यस अगाडी बैंकहरुले लघुवित्त हरुलाई कर्जा दिँदा लिन पाइने प्रिमियममा कुनै लिमिट तोकिएको थिएन। 

त्यस्तै सरकारले बजेट मार्फत गरेको लघुवित्त कोष संचालनमा पनि आवश्यकताअनुसार नीति तथा कार्यक्रम तयार गर्नलाई नेपाल राष्ट्र बैंकले सघाउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved