निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो नारा, उत्कृष्ट नारा बनाउनेलाई ५० हजार दिइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 12:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषले आकर्षक नारा बनाउनका लागि सार्वजनिक सूचना जारी गरेको छ । कोषको प्रतिबिम्ब झल्किनेगरी नारा बनाउन भदौ २६ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

जसका लागि विभिन्न सर्त कायम गरिएका छे । सूचनाअनुसार कोषको उद्देश्य, कार्यप्रकृति, योगदान, गन्तव्य जस्ता विषय परिचित्रण गरिएको र मौलिक हुनुपर्नेछ । 

यस्तै शब्दको सीमा एक वा दुई पंक्ति हुनेगरी कम्तीमा १० शब्दको हुनुपर्ने, लयबद्ध हुनुपर्ने पनि भनिएको छ । प्रस्तावित नारा पठाउँदा सर्जकको परिचय खुलाएर कोषको फेसबुक पेज वा इमेल ठेगाना वा सोझै कार्यालयमा बुझाउन सकिनेछ । 

उत्कृष्ट नाराको एक जना स्रष्टालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।



 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved