डिप्रोक्स र आदर्श लघुवित्तविच प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2022 | 08:27:51 AM मा प्रकाशित

laxmi sunrise bank

डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति सम्बन्धि सम्झौता भएको छ। हिजो असोज १४ गते एक कार्यक्रमकाबीच डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

यस सम्बन्धि समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्। प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन  समेत भएको छ। 

बासुप्रसाद उपाध्याय संयोजक रहेको उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेका छन्। 

लघुवित्त क्षेत्रमा देखा परेको दोहोरो प्रतिस्पर्धा, धेरै संस्थाहरुले एउटै सदस्यलाई लगानीका कारणले सृजना भएको अवस्था र यसले देशको अर्थतन्त्रमा पार्न सक्ने दूरगामी प्रभावको कारणले गर्दा लघुवित्त वित्तीय संस्थाहरुको भविष्य विगतको जस्तै प्रतिफलमूलक बनाई राख्नु पर्ने भएकाले प्राप्ति सम्बन्धि सम्झाता गरेर एक भएर अगाडी बढ्ने निर्णय गरिएको जनाईएको छ। 

चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त २०५७ पौष २८ गतेमा दर्ता भई २०५८ आषाढ १९ गते कारोबार थालेको घ बर्गको लघुवित्त हो भने बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिकामा केन्द्रिय कार्यलय रहेको आदर्श लघुवित्त २०७५ जेष्ठ ९ गतेमा दर्ता भई २०७५ कार्तिक २५ गते कारोबारमा आएको संस्था हो। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved