५७.९ प्रतिशत नेपाली मात्र वित्तीय रुपमा साक्षर, सबैभन्दा बढी बाग्मतीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 01:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

५७.९ प्रतिशत नेपाली मात्र वित्तीय रुपमा साक्षर रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले ५७.९ प्रतिशत नेपाली कुनै न कुनै तवरबाट वित्तीय साक्षर भएको देखाएको हो। 

साक्षरता मापनका लागि राष्ट्र बैंकले तीनवटा आधार तय गरेको थियो। वित्तीय ज्ञान, व्यवाहर र मनोवृत्तिका आधारमा साक्षरता मापन गरिएको थियो। वित्तीय सेवाका बारेमा जानकारी भएको, प्रयोग गरेको र प्रयोगका सन्दर्भमा उत्प्रेरितलाई साक्षदरको रुपमा लिइएको छ। 

तीन आधारमा सबैभन्दा कमजोर वित्तीय ज्ञान रहेको छ। सर्वेक्षणमा सहभागीमध्ये जम्मा ४७ प्रतिशतमा मात्रै यस्तो ज्ञान रहेको पाइएको थियो। त्यस्तै व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशतमा रहेको पाइएको छ।

सर्वेक्षणले महिलाभन्दा पुरुष बढी साक्षर रहेको देखाएको छ। सर्वेक्षण अनुसार ६१ प्रतिशत पुरुष वित्तीय साक्षर रहेको पाईएको छ भने ५६ प्रतिशत महिला रहेका छन्। 

उमेरगत भन्दा १८ देखि ३० वर्षका मानिसहरुको वित्तीय साक्षरतादर अब्बल गरेको छ। यो उमेर समुहका ६३.२ प्रतिशत मानिस वित्तीय साक्षर रहेका छन्। जबकी ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशतल पाईएको छ। 

वित्तीय समावेशिताको स्थिति आंकलन गर्न वित्तीय उपकरणहरुको प्रयोगलाई हेरिएको छ। वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरुमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण प्रयोग गरेको पाईएको छ। यसैगरी ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाईएको छ। 

बचत उपकरण मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाईएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन्। वयस्क जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन्। लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तिमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन्। अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि माथि निर्भर रहेका छन्।

त्यस्तै उक्त सर्वेक्षणमा वागमती प्रदेश साक्षरताको लागि अरु भन्दा अब्बल देखिएको छ। यहाँ ६४.५ प्रतिशत साक्षर पाइएको थियो। त्यस्तै सबैभन्दा कमजोर देखिएको मधेश प्रदेशमा ५२ प्रतिशत साक्षरता रहेको थियो। मधेश सहित चार प्रदेशमा औषत भन्दा कम साक्षरदर देखिएको हो। प्रदेशक १, लुम्बिनि र सुदुरपश्चिमा औषत भन्दा कम साक्षरदर देखिएको छ। 

१७.६० प्रतिशतले मात्र बैक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन्। राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन्।

राष्ट्र बैंकले १८ वर्ष माथिका ९ हजार ३६१ नेपालीमा साक्षरता सर्वेक्षण गरेको हो। सर्वेक्षण पाँच चरणमा विभाजन गरि गरेको राष्ट्र बैंकले जनाएको छ। पहिलो चरणमा ७७ जिल्लामाबाट व्यक्ति छनोट गरिएको थियो। दोस्रो चरणमा जिल्ला भित्रका स्थानीय तहहरु, तेस्रो चरणमा कम्तीमा एक स्थानीय तह, चौथो चरणमा कम्तिमा एव वडा र अन्तिममा वडाको मतदाता सूचीबाट सिस्टमिक र्यान्डम विधिबाट उत्तरदाताहरु छनोट गरेको थियो।

गत पुष महिनामा राष्ट्र बैंकले OECD/INNE२०२२) मा आधारित प्रश्नावलीका आधारमा अन्तर्वार्ताको माध्यमबाट तथ्यांक संकलन गरेको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved