लुम्बिनी विकास बैंकको शाखा नेपालटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 03:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले काठमाडौँको तारकेश्वर नगरपालिका, वडा नं. ११ स्थित नेपालटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कविराज बस्नेतले उक्त शाखाको उद्घाटन गरेका छन् । 

यो शाखा बैंकको ८९औँ शाखा हो । 

शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ता पनि उपस्थित थिए । 

लुम्बिनी विकास बैंकले हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा स्थापना गरी सेवा दिँदै आएको छ । 

बैंकले एउटा एक्सटेन्सन काउण्टरबाट पनि सेवा दिइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved