लुम्बिनी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 06:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सात वटै प्रदेशमा सम्पन्न गरेको छ । बैङ्कले GLOBAL MONEY WEEK - 2023 यो बर्ष पनि २०७९ चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म मनाएको हो

सप्ताहब्यापि महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिबिधिका सन्दर्भ सहितको कार्यक्रम गरेको हो कार्यक्रममा बैङकले विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरेको छ ।  GLOBAL MONEY WEEK – 2023  सफल बनाउन बैङ्कले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको बिरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराहि र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको हो । 

त्यसैगरी बैङकले गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको बिरगन्ज र कोशी प्रदेशको बिराटनगरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

 बैंकले धनगढीमा आयोजना गरेको कर्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका उप निर्देशक कुबेर थापाको सहभागिता रहेको थियो भने   पोखराको छोरेपाटनमा स्थित महादेव बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा  नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक आर्या जोशी तथा उप निर्देशक राम कुमार कार्की सहभागि थिए कार्यक्रममा उप निर्देशक कार्कीले सफा नोट निती तथा नोटको सुरक्षण व्यवस्थाहरु सम्वन्धि जानकारीमुलक प्रस्तुति गरेका थिए

   देशका सात  प्रदेशमा ८९ वटा शाखा  कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा ATM मार्फत सेवा प्रदान गरिरहेको बैङकले लुम्बिनी विकास बैंक “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved