१७ मध्ये १२ विकास बैंक नाफामा: मुक्तिनाथ र गरिमा शिर्ष स्थानमा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 01:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा विकास बैंकहरुले ४ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० वैशाखसम्मको अवधिमा विकास बैंकहरुले कुल ४ अर्ब २९ करोड खुद नाफा गरेका हुन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९५ करोड ७२ लाख खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ६९ करोड खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ६१ करोड ८३ लाख रहेको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको छ ।

सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १९ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद नफा कमाएको छ । 

सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ६ करोड ४९ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ३ करोड ६९ लाख रहेको छ ।

 यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुन विकास बैंकको खुद नाफा/नोक्सान कति ?





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved