तीन महिनामा विदेशी विनिमय सञ्चिति १६ खर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 02:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक मुद्राको सञ्चिति निकै बढेर गएको छ । गतवर्ष आयातमा गरिएको कडाईसँगै सुधारमा आएको वैदेशिक मुद्राको सञ्चिति यसपालीको असोज मसान्तसम्म १६ अर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको तीन महिनासम्मको विवरणअनुसार विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेको हो । गतवर्षको असोज मसान्तमा विदेशी विनिमय सञ्चििती १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

 अमेरिकी डलरमा भने विनिमय सञ्चिति ५ दशमलव ३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड कायम भएको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा असोज मसान्तमा ६ दशमलव ५ प्रतिशतले वृद्धि भई रु १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ५९  करोड रहेकोमा असोज मसान्तमा ८ दशमलव ३ प्रतिशतले बृद्धि भई रु २ खर्ब ९ अर्ब ७३ करोड कायम भएको छ ।

चालु आवको पहिलो तीन महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । 

केन्द्रीय बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चितिको रकमले १२ दशमलव ४ महिनाको वस्तु आयात र १० दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

शोधन्तर स्थितिमा सुधार

यसअवधिमा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोडले बचतमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved