मौद्रिक नीति समिक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक, कहिले होला सार्वजनिक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 11:57:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको तयारीमा छ । तिहार अघि नै प्रारम्भिक चरणको छलफल र तथ्यांकहरु संकलनको कार्य गरिसकेको राष्ट्र बैंकले आजदेखि कार्यालय खुलेसँगै समिक्षाको कार्यलाई अन्तिम रुप दिई सञ्चालक समितिमा पठाउने तयारी गरेको छ । 

त्रैमास सकिएको ३० दिनभित्र समिक्षा गर्नुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक समिक्षाको अन्तिम तयारीमा जुटेको हो । कात्तिक मसान्तभित्रै समिक्षा सार्वजानिक गर्ने भनिएपनि विभिन्न प्राविधिक कारणले त्यो संभव नभएकाले यसै सातामा त्रैमासिक समिक्षा सार्वजनिक गर्ने  राष्ट्र बैंकको तयारी छ ।

यसपाली दशैं बिदाका कारण बैंक तथा वित्तीय संस्थाबाट वित्तीय विवरणपनि ढिला गरी प्राप्त भएको साथै तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरुको बिदाको प्रभाव मौद्रिक नीतिको समिक्षामा पनि परेको राष्ट्र बैंकको भनाई छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि अन्त्मि तयारी चलिरहेको र १/२ दिनमा नै बोर्डमा पठाउने र बोर्डमा स्वीकृत भएलगत्तै सार्वजानिक हुने सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए । 

तयारीमा अन्तिम चरणमा रहेको राष्ट्र बैंकले समिक्षाको दिन भने यकिन भइनसकेको सहप्रवक्ता पोखेरेल बताउँछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved