सर्जनाचोक ८, पोखरामा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ४० बटै शाखा कार्यालयहरुका शाखा प्रवन्धक र कर्जा विभागमा कार्यरत कर्मचारीहरुलाई २ दिने प्रशिक्षण दिएको छ । बैंकले कर्जा प्रवाहमा आउने विभिन्न जोखिम तथा कर्जा प्रस्ताव विश्लेषण सम्वन्धमा प्रशिक्षण दिएको हो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक Banking and Insurance Management (BIM) का प्रमुख कार्यकारी अधिकृत विएन घर्तीले कर्जा प्रवाह गर्नुपूर्व बैंकका कर्मचारीहरुले अपनाउनुपर्ने सजगता तथा जोखिम कम गर्न अपनाउनुपर्ने उपायका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
समापन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले कर्मचारीहरु बैंकको सम्पत्ति भएकाले कर्मचारीहरुको क्षमता अभिबृिद्घ गर्नको लागि विभिन्न किसिमका तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गरिरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने वताए । प्रशिक्षण पश्चात कर्मचारीहरुको कार्यसम्पादन स्तर समेत राम्रो हुदै गएकोमा सन्तोष समेत ब्यक्त गरेका थिए ।