मुक्तिनाथ विकास बैंकको शाखा ओखलढुङ्गाको मानेभञ्ज्याङ्गमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 11, 2018 | 04:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.५ स्थित मानेभञ्ज्याङ्गमा नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार उक्त शाखाको मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोती राज राईले उद्घाटन गरे । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यो सँगै बैंकको शाखा संख्या ८० पुगेको छ । 

आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड, कुल निक्षेप २४ अर्ब ५५ करोड र कुल लगानी २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा ४२ करोड ७५ लाख खुद नाफा गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved