सिटिजन्स बैंकले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सैंबु आवास क्षेत्रमा बस सबसौनी निर्माण गर्नको लागी उक्त सहयोग प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा बस बिसौनीको उद्घाटन गरेका हुन् ।
बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।