राष्ट्रिय वाणिज्य बैकको धरान ६ सुनसरीमा रहेको शाखाको औपचारीक उद्घाटन भएको छ । बैंशाख ३० गतेबाट कारोबार सुरु गरेको बैंकको शाखा कार्यलयको उद्घाटन प्रदेश नम्बर १ का मूख्य मन्त्री शेरधन राईले बैंकको गरेका छन् । उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या २१९ पुगेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए । त्यस्प्रदेश कार्यलउ १तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गर्ने बताए ।
बैंकका नम्बर १ प्रदेश कार्यलयका प्रमुख ऋषब भट्टराईको अध्यक्षतागरेको कार्यक्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश नम्बर १ सभाका प्रमुख प्रतिपक्ष दलका नेता राजिब कोइराला, धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मन्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले बैंकलाई सफलताको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रमा बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठ लगायत स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायीहरु र कर्मचारीको उपस्थिती रहेको बैंकले वजनाएको छ ।