कामना सेवा विकास बैंकले शाखा बिस्तार गरेकोे छ । बैंकले प्रदेश नम्बर १को झापा जिल्लाको कमल गाउँपालिका ५ पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १ बुधवारेमा शाखा बिस्तार गरेको हो ।
बैंकले उक्त स्थानमा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकले देशभर रहेका ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।