राष्ट्र बैंकले अध्यक्ष र सीइओ डाकेको छलफलमा जे देखियो (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 09:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको छ। केन्द्रीय बैंकले मर्जरको बिषयमा छलफल गर्न बिहिबार याक एण्ड यति होटेलमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको हो ।

छलफल होटेलको क्रिस्टल हलमा सुरु भएको छ  । छलफलमा बाणिज्य बैंकका अधिकांश सीइओ र अध्यक्ष उपस्थित छन्  । छलफलमा मिडियाहरुलाई प्रवेश दिइएको छैन  । 'इन हाउस' छलफल भएकोले मिडियालाई प्रवेश नदिईएको राष्ट्र बैंकले जनाएको छ  ।

स्रोतका अनुसार छलफलमा राष्ट्र बैंकले मर्जरबारे बैंकहरुको धारणा माग्ने छ  । यदी बैंकहरु स्वेच्छिक मर्जरमा जान तयार रहे राष्ट्र बैंकले केहि सहुलियत दिने गरी मौद्रिक नीति ल्याउने बुझिएको छ  । तर स्वेच्छाले मर्जमा जान नचाहे राष्ट्र बैंकले फोर्स मर्जरको प्रावधानसहित मौद्रिक ल्याउने श्रोतले जनाएको छ  । आजको छलफलमा राष्ट्र बैंकले बैंकहरुलै मर्जमा जान 'कन्भिन्स' गर्ने श्रोत बताउछ  । 

बैंकर्स संघ स्प्रेड दर, सिसिडि रेसियो, प्राथमिकता प्राप्त क्षेत्रको कर्जा, र करमा सहुलियतहरु दिए बैंकहरु मर्जमा जान तयार रहेको सुझाव राष्ट्र बैंकलाई दिईसकेको छ । उता राष्ट्र बैंकका गभर्नरले भने सार्वजनिक कार्यक्रममा मै बैंकहरुलाई फोर्स मर्जमा लगिने अभिव्यक्ति दिदै आएका छन् । 

हेर्नुस फोटो फिचर: 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved