सनराइज Sunrise Bank Limited ले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंक संचालक समितिले पौड्याललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।
बैंकले गत जेठ २२ गते प्रमुख कार्यकारीमा अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। श्रेष्ठ नियुक्तिपत्र दिएसँगै उनको नियुक्तीलाई लिएर संचालकहरुबीच विवाद भएको थियो । उक्त मुद्धा नेपाल राष्ट्र बैंकसमक्ष पुगेको थियो । असार २ गतेबाट बैंकमा हाजीर हुने गरि नियुक्त भएका क्षेष्ठले व्यक्तिगत कारण देखाउँदै असार २ गते बैंकमा हाजिर भएका थिएनन् । संचालक समितिमा आफ्नो नियुक्तलाई लिएर उत्पन्न विवाद समाधान हुने नदेखेपक्षी श्रेष्ठले गत विहिबार आफले बैंकमा काम गर्न नसक्ने भन्दै अध्यक्षलाई जानकारी गराएका थिए । त्यपछि संचालक समितिले पौड्याललाई सिइओमा नियुक्त गरेको हो ।
पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालि सकेका छन्। उनले १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभल मार्फत आफ्नो करियर सुरु गरका हुन।
एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरे पश्चात फेरी लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न त्यहाँ गएका थिए।
लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि बेलायत गए। बेलायतबाट एमबिए गरेका पौड्यालले त्यहाँको बैंकमा पनि ४ बर्ष बढी काम गरे।
बेलायतबाट फर्के लगत्तै पौड्यालले तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे । उनि महाप्रबन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका थिए । ग्लोबल आइएमइ बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएका थिए । उनको ६ महीनाको कुलिङ पिरियड आउँदो साउन ८ गतेबाट सकिँदै छ ।