तिनाउ मिसन डेभलपमेण्ट बैंकले पाल्पाको तानसेन नगरपालिका सिल्खानटोलमा शाखा सञ्चालनमा ल्याएको छ । साविक तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिएर तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७६ असार ३१ गते देखी एकिकृत कारोवर शुरु भएको थियो । यो शाखा मर्जरपछिको पहिलो शाखा हो ।
हाल बैंकको चुक्ता पूँजी १ अर्व १४ करोड, निक्षेप १० अर्व ६६ करोड र ऋण ८ अर्व ७५ करोड रहेको छ ।