नेपाल एसबिआई बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 04:13:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को लाभांश पारित भएको छ । आइतबार भएको बैंकको साधारणसभाले लाभांश पारित गरेको हो । सभाले पारित गरेसंगे बैंकका लगानीकर्ताले  ६ प्रतिशत बोनश शेयर र १०.८४ प्रतिशत नगद लाभांश गरि जम्मा १६.८४ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने छन् ।

सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात), आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ । त्यस्तै सभाले बैंकको सहायक कम्पनीको आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved