सिद्धार्थ बैंक Siddhartha Bank Limited ले देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले १७औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा सञ्चालन भएको हो । जसमा ३४२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७६ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।