सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा देशका बिभिन्न स्थानमा सामाजिक सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले उक्त कार्यक्रमबाट संकलन भएको कुल १३५४ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ।
त्यस्तै बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
त्यस्तै बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ भने लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।
चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ भने बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृस्टीविहिनहरुको सहयोगार्थ १०० थान विशेस छडी प्रदान गरेको छ ।
बैंकको ईलाम स्थित मांईजोगमाई शाखा मार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ भने झापा स्थित सुरुङ्गा शाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ। बैंकको विराटनगर शाखा मार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । सिभिल बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ