एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटल, बुटवलबिच बैंकका ग्राहकलाई उपचारमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट हुने बैंकले जनाएको छ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन।
बैंकले मुलुकभरका ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।