मोबाइल वालेटबाट हुने कारोबारको सिमा बढ्यो

एटिएम
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 07:33:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाट हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशिका २०७६ जारी गर्दै मोबाइल वालेटबाट हुने कारोबारको सिमा बढाएको हो । 

नयाँ निर्देशिका अनुसार एजेन्ट वा सब एजेन्टबाट हुने कारोबारको सिमा प्रतिदिन १५ हजारबाट बढाएर २५ हजार तथा प्रतिमहिना २५ हजारबाट बढाएर १ लाख पुर्याईएको छ । त्यस्तै बैंक खाताबाट वालेटमा हुने कारोबारको सिमा प्रति कारोबार ५ हजार बाट बढाएर २५ हजार,   प्रतिदिनको कारोबार प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख सम्मको कारोबर गर्न पाउने  ब्यबस्था राष्ट्र बैंकले गरेको छ । एक वालेटबाट अर्को वालेटमा रकम पठाउदा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने नयाँ निर्देशिकामा उल्लेख छ । 

यता एटीएम बुथमा २४ सै घण्टा गार्ड राख्नुपर्ने निर्देशनबाट भने राष्ट्र बैंक ब्याक भएको छ । राष्ट्र बैंकले चौविसै घण्टा एटीएम बुथमा गार्ड राख्नुपर्ने ब्यवस्था गरेपछि वित्तीय क्षेत्रले ब्यापक विरोध गरेका थिए । यससँगै राष्ट्र बैंकले एटीएमम बुथमा अनिवार्य रुपमा सिसिटिभीबाट मोनिटर गर्नुपर्ने ब्यवस्था गर्दै गार्ड राख्नुपर्ने ब्यवस्थालाई हटाएको हो । 

विभागले पहिलो पटक एकिकृत निर्देशका जारी गरेको हो । यसअघि जारी भएका विभिन्न निर्देशनहरुलाई एकिकृत रुपमा हेर्न सहज होस भनेर एकिकृत निर्देशीका जारी गरीएको विभागका प्रमुख तथा कार्यकारी निर्देशक बमबहादुर मिश्र बताउँछन् । बिजपाटीसँगको कुराकानीमा उनले यसअघि विभिन्न समयमा जारी भएको निर्देशन हेर्न र खोज्न असहज भएकोले सम्पुर्ण निर्देशनहरुलाई एकिकृत रुपमा जारी गरीएको र यसले अन्यौलता हटाउने बताए । 

 एकिकृत निर्देशनमा १० वटा विषयसुची रहेको छ । जसमा पहिलो नम्बरमा विद्युतिय कार्ड भुक्तानी सम्बन्धी निर्देशनहरु रहेको छ । निर्देशनको दोस्रो नम्बरमा दुरसञ्चार संजालमार्फत स्वदेशी मुद्रामा गरिने वित्तीय सेवा सम्बन्धी निर्देशन, तेस्रोमा विद्युतिय भुक्तानी सेवा संचालन गर्न अपनाउनुपर्ने सुरक्षा सम्बन्धी ब्यवस्था, चौथोमा सेटलमेन्ट बैंक सम्बन्धी ब्यवस्था, पाँचौंमा विद्युतिय माध्यमबाट गरिने कारोबार सम्बन्धी ब्यवस्था रहेको छ ।

त्यस्तै छैठौंमा वार्षिक वित्तीय विवरण प्रकाशन गर्नुपुर्व स्वीकृत लिनुपर्ने सम्बन्धी ब्यवस्था, सातौमा लघुवित्त वित्तीय संस्थालाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गर्ने सम्बन्धी ब्यवस्था, आठौंमा आरटिजिएस संचालन सम्बन्धी ब्यवस्था, नवौंमा इलेक्ट्रोनिक माध्यमबाट हुने (इ बैंकिङ) सेवा सम्बन्धी ब्यवस्था र दशौं नम्बरमा इलेकट्रोनिक चेक क्लीयरीङ सम्बन्धी ब्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved