सनराइज बैंकको क्यास ब्याक योजना, डेबिट क्रेडिट कार्ड घोट्दा ३५०० सम्म नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 10:27:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले क्यास ब्याक योजना ल्याएको छ। डेबिट क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफसेल टर्मिनल वा इ कमर्शमा कार्ड प्रयोग नगरेकाले माघ १ देखि तीन महिनासम्म यो सुविधा पाउने बैंकले जनाएको छ। 

पोइन्ट अफ सेल टर्मिनल वा ई कमर्शमा कारोबार गर्दा २५० क्यास ब्याक हुने बैंकले जनाएको छ। यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ।   

साथै कुनै पनि ग्राहकले डेबिट÷क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५,००० वा सो भन्दा बढिको खरिद कारोबार गरेमा १,००० क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंककाअनुसार यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम  ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved