सिद्धार्थ बैंकद्वारा नि:शुल्क आँखा शल्यक्रिया शिविर, १७८ जनाले पाए नयाँ जीवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 05:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थबैंक Siddhartha Bank Limited  ले  नि:शुल्क आँखा शल्यक्रिय शिविर सम्पन्न गरेको छ । ६ दिनसम्म सञ्चालनमा रहेको उक्त शिविर  बैंकले नेपाल आँखा अस्पतालसँगको सहकार्यमा आयोजना गरेको हो । 

शिविर पौष २२ देखि २५ गतेसम्म सर्लाहीको श्रीनगर र पौष २७ देखि २९ गतेसम्म सर्लाहीकै मलंगवामा सञ्चालन भएको थियो ।   उक्त शिविरमा १ हजार २ सय ४१ जनाले आँखा परिक्षण गराएको बैंकले जनाएको छ । जसमध्य १७८ जनाको मोतियाबिन्दु रोग पहिचान भएको र उनिहरुको  आँखा शल्यक्रिया गरेको बैंकले जनाएको छ ।

यस्तै उक्त शल्यक्रियाका लागि बैंकले अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपयाँ सहयोग गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका थिए ।बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १८० वटा शाखा तथा १०१ वटा  शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदानगर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved