एन प्याब्सनको सबै बैंकिङ्ग कारोबार प्रभुबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 05:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनबीच बैंकिङ्ग कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुुसार एनप्याब्सनको आधिकारिक बैंक प्रभु हुनेछ । त्यस्तै एन प्याब्सनले  सम्पूर्ण आर्थिक कारोबार उक्त बैंक मार्फत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसका साथै एन प्याब्सनको सदस्य रहेका निजी विद्यालयहरुले पनि उक्त बैंंकमा खाता खोली सबै कारोबार उक्त बैंकबाटै गर्नुपर्ने छ ।

सम्झौतापछि सदस्य  विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि उक्त बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले बैंक मार्फतनै तलब भुक्तानी हुने छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved