सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले समुदायसँग बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बनेपा शाखाले शनिबार अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मि, उद्योगी ,ब्यवसायी लगायत सेवाग्राहीहरुका लागि उक्त कार्यक्रमा सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुकेश शाक्यले सेञ्चुरीले संचालनमा ल्याएको बीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी गराएको जनाइएको छ। यस्तै सेञ्चुरी क्यापिटल मार्केट्सका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए ।