बैंक नखुल्दा सेवाग्राही मर्कामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 01:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको समयमा हेटौडाका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै  बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने  र  एटीएम पनि खुल्ला राख्ने  निर्णय गरेको थियो ।  तर प्रशासनको  निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।   

सेवाग्राहीले बैंकमा रकम झिक्न  र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् ।  हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेगा, नविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ ।  

सेवाग्राहीका अनुसार बैंकका पहरेदार९गार्ड०ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीय राम अधिकारीले रकम झिक्न नपाउँदा समस्या परेको बताए ।   

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी  र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी  प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved