बैंकर संघले गर्यो ४ महत्त्वपूर्ण निर्णय, संचालकको कदममा औपचारिक रुपमै असन्तुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 01:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) ले कोभिड - १९ ले बैंकिङ तथा अर्थतन्त्रमा परेको असरबारे छलफल गरेको छ। आज बिहान बसेको संघको कार्यसमितिको बैठकले कोभिड -१९ ले बैंकिङमा परेको प्रभावबारे छलफल गरेको संघले जनाएको  छ। 

संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संघको आज बसेको कार्यसमितिको बैठकले कोभिड -१९ ले कर्जामा परेको असर, शाखा संचालनको कठिनाइ लगायतका चुनौतीका बिषयमा छलफल गरेको बताए। 

त्यस्तै संघले बैंक तथा वित्तीय संस्थाका संचालकहरुको छाता संगठन 'बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल' ले गरेको निर्णयबारे समेत छलफल गरेको छ। सीईओ हरुको उक्त बैठकले संचालकहरुको संस्थाले 'बैशाख मसान्तसम्म तिर्नुपर्ने सावाँ किस्ता बैशाखमा नै तिर्नेलाई साधारण ब्याजको १० प्रतिशत ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गर्ने' लगायतका निर्णय नलिएको भए हुने भन्ने निष्कर्ष निकालेको अध्यक्ष दाहालले बताए। 

त्यस्तै संघले कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टको संयोजकत्वमा  बनेको कार्यदलको निर्णयलाई स्वीकार गरेर अगाडी बढ्ने निर्णय गरेको छ। 

तर ब्याज घटाएर आधार दर कम गर्दै ऋण सस्तो बनाउने मोडालिटी लगायतका बिषयमा कुनै निर्णय भने भएको छैन। ऋणको ब्याज दर कसरी घटाउन सकिन्छ भनेर छलफल भएपनि कुनै निर्णय नभएको दाहालले बिजपाटीलाई बताए । 

संघले दुई साताअघि यसअघि कायम भद्र सहमति पुनरावलोकन गर्दै निक्षेपको ब्याजदर वैशाख १ गतेबाट घटाइसकेका छन्। निक्षेपको ब्याज घटेपछि आधार दर कम हुने भएकाले त्यसपश्चात ऋणको ब्याज घटाउने भद्र सहमति बैंकरबीच भएको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved