बैंकका ऋणीलाई राहत दिन बैंकर अनिल शाहको 'थ्री कलर आइडिया'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 09:21:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको जोखिम नभएको देशमा राखेको छ। तर कोरोनाले प्रभावित बिश्वका अन्यदेशसँगै नेपाल समेत आर्थिक संकटको जोखिममा परेको छ। 

कोरोनाले निम्त्याएको आर्थिक संकटबाट नेपाललाई निकास दिन सरकारी तथा गैरसरकारी स्तरमा छलफल तथा अन्तरकृया जारि छन्। निजि क्षेत्र तथा सरकारका बिभिन्न निकायहरुले यस्तो संकटबाट जनतालाई बचाउन र अर्थतन्त्रलाई गतिशील बनाउन बिभिन्न सुझाबहरु अगाडी सारेका छन्। 

बजारमा तरलता प्रशस्त गर्न सरकारले खर्च बढाउनुपर्ने, ब्याजदर घटाउनुपर्ने, कर छुट दिनुपर्ने लगायतका बिभिन्न आर्थिक प्याकेजका बिषयमा छलफल चलिरहेका छन्। 

बैंकरहरुले समेत ग्राहकलाई कस्तो आर्थिक प्याकेज दिन सकिन्छ भन्नेबारे छलफल गरिरहेका छन्। यहि बेला नेपालको बैंकिङ क्षेत्रमा रोल मोडल मानिने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अनिल शाहले एउटा फरक प्रकारको राहत प्याकेजको धारणा अघि सारेका छन्।

देशलाई कोरोना भाइरसबाट आक्रान्त हुनबाट बचाउन जसरि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्त्वमा बनेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले काम गर्यो त्यसैगरि अर्थतन्त्र बचाउन अर्थमन्त्रीको नेतृत्वमा 'आर्थिक मूल समिति' जस्तै कुनै समिति बनाउनु पर्ने अनिल शाहको सुझाब छ। यस्तो समितिमा निजि क्षेत्र, बैंक वित्तीय क्षेत्र लगायतका अर्थतन्त्रसँग सरोकार राख्ने सबै निकायलाई समावेश गर्नुपर्ने शाहले बिजपाटीलाई बताए।  

'प्रत्येक निकायसँग आ आफ्ना दृष्टिकोण हुन्छन, सबैले आफूलाई हित हुने सुझाब अगाडी सार्छन' उनि भन्छन, 'बैंकरको एउटा दृष्टिकोण हुन्छ, व्यवसायीको अर्को दृष्टिकोण हुन्छ, यस्तो बेला चाहिने र नचाहिने सबै दृष्टिकोण सामने आउँछन, त्यसैले सबैको हित गर्नलाई अर्थमन्त्रीको नेतृत्त्वमा एउटा आर्थिक मूल समिति बन्नु पर्छ।'

कसरि दिने आर्थिक राहत ?

अनिल शाह भन्छन, आजको अवस्था भूकम्पको भन्दा फरक हो, त्यो बेला भूकम्पले नेपाललाई हल्लायो तर विश्व समुदायले नेपाललाई सहयोगको हात बढायो तर आज अवस्था त्यस्तो छैन, सबै देश समस्यामा छन्, आ आफ्नै देश बचाउन लागिपरेका छन् त्यसैले हामीसँग भएको सिमित स्रोत साधनबाट नै अहिलेको समस्या समाधान खोजिनुपर्छ। 

भएको स्रोतलाई समानरुपमा वितरण गर्ने सोच राख्दा राहत चाहिनेले नपाउँने र नचाहिनेले धेरै पाउँने अवस्था हुने भएकाले समान वितरण नभई सम्पति अर्थात् इक्विटी आवश्यकताअनुसार दिनुपर्ने शाहको सुझाब छ। 

इक्विटी त दिने तर कसरि ?

बैंक वित्तीय संस्थाले कोरोनाबाट प्रभावित ग्राहकलाई तीनवटा रंग ९हरियो, प्याजी र रातो रंगमा छुट्याउनुपर्ने शाहको सुझाब छ। उनकाअनुसार असर नपरेका ग्राहकलाई हरियोमा, सामान्य असर परेका र छिटो आफ्नो गतिमा फर्कन सक्नेलाई 'ओरेन्ज' तथा बढी प्रभावितलाई हरियोमा राख्नुपर्छ। 

उदाहरण दिंदै शाह भन्छन, पर्यटन क्षेत्रका ग्राहकलाई राहत दिन रातो रंगमा राखेपनि पर्यटन क्षेत्रका सबै ग्राहकलाई रातोमा नै राख्नु हुन्न। बिदेशी पर्यटकको भरमा चल्ने ठुला ठुला होटललाई रातो मा राखेपनि पोखराको लेकसाइड, बर्दियाका होटल, लुम्बिनीमा लकडाउन लगत्तै आन्तरिक पर्यटकले भरिन्छन, त्यो क्षेत्रका ग्राहकलाई सुन्तला वा हरियो रंगको सुचिमा राख्न सकिन्छ र त्यहिअनुसार राहत दिन सकिन्छ। 

यसरि सुची बनाएर काम गर्दा हामिसँग भएको स्रोतबाट रातो रंग अर्थात बढी प्रभावितको सुचिमा रहेका ग्राहक प्राथमिकतामा पर्छन र त्यसपछि ओरेन्ज र अनिमात्र हरियोको सूचिका ग्राहक। यसले अप्ठ्यारोमा परेका ग्राहकलाई छिटो राहत मिल्छ र त्यसले सरकारले वितरण गर्ने आर्थिक प्याकेजलाई न्याय गर्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved